दुई हजार आठ सय बराबरको गुणस्तरहिन समान नष्ट

Posted on: 16 Nov, 2016

सास, बैतडी १ मंसिर ।
बैतडीको गाजरी गाविसमा गएको एकिकृत घुम्ती सिवरको टोलीले आज गाजरी बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा सो वजारका विभिन्न पसल हरु वाट दुई हजार आठ सय पैसठी रुपयाँ बरावरको म्याद सकिएको गुणस्तरहिन अखाद्य वस्तु भेटिएको छ ।

सो अखाद्य वस्तु लाई बजार व्यवस्थापनका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधी, बजार व्यवसायी, पत्रकार, प्रहरी प्रशासन सवैको रहोभरमा  नष्ट गरिएको छ ।

गाजरी वजारका दस खुद्रा पसल, चार किरानी पसल, एक श्रींगार पसल, सुन चादी पसल नस्ता पसल, ईल्कट्रोनिक पसल, औषधी पसल गरी जम्मा उन्नीस ओटा पसलमा अनुगमन गरिएको एकिकृत घुम्ती सिविरका टोली प्रमुख एवम साहायक प्रमुख जिल्ला अधिकारी दिपक कुमार अचार्यले जानकारी दिएका छन् । 

साहायक प्रमुख जिल्ला अधिकारी अचार्यका अनुसार बजार अनुगमनमा पसल दर्ता भए नभएको, मुल्य सुची राखेनरखेको, सही ठाउँमा साईन बोर्ड राखेनराखेको, म्याद सकिएका सरसमान विक्री गरेनगरेको, समयभित्रै नविकरण गरेनगरेको नस्त पसलमा सरसफाई गरेनगरेको हेरिएको वताएका छन् ।

यसका साथै दर्ता नगराएका, मुल्य सुची नराखेका, साईन वोर्ड नराखेका पसलहरु लाई तुरुन्तै दर्ता गराएर मुल्य सुची र साईन वोर्ड राख्न का साथै म्याद नसकिएका वस्तु वेच्न भनी समझाएको छ । यस्तै गरि दोस्रो अनुगमनमा यही समस्या दोहरिएमा कार्वाही समेत गरिने आचार्यले जानकारी दिएका छन् ।

अनुगमनको क्रममा विभिन्न पसल हरु बाट म्याद सकिएका गुणस्तर हिन फ्रुटी, नमकिन, चिउरा, चकलेट, खाने तेल भेट्टिएका थिए । बजार अनुगमन सगैँ तेस ठाउमा चल्ने यातायातमा पनी अनुगमन गरिएको छ ।

गाडीमा भाडादर राखेनरखेको क्षामता भन्दा बढी यात्रु बोकेनबोकेको जिल्ला यातायात समितीले तोकको भाडादर लागु गरेनगरेको भनी छडके जाचँ गरिएको थियो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!