बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

Posted on: 13 Jul, 2017

असार २९, बैतडी । लगातारको वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ । 

केही दिनयता देखि परिरहेको अविरल वर्षासँगै आएको हावाहुरीले जिल्लाका सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुरचौडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । 

हावाहुरीले घोगा लाग्न लागेको मकैबाली भाँचेको किसानले बताएका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट, वडा नं ६ धुलिधार लगायतका क्षेत्रमा मकैमा बढी क्षति पुगेको किसानले बताएका छन् । पत्थरकोटमा करिब ३० परिवारको मकैबाली नष्ट गरेको स्थानीय अमर कुँवरले जानकारी दिनुभयो । 

यस्तै, सुर्नया गाउँपालिका–८ मा हावाहुरीले मकैबालीमा क्षति पु¥याएको स्थानीय महेश साउदले जानकारी दिनुभयो । वर्षासँगै आएको हावाहुरीले मकैबालीमा क्षति पु¥याएपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!