बैतडीका ४ स्थानमा तरकारी पकेट क्षेत्र स्थापना

Posted on: 18 Dec, 2018

कृष्ण बिष्ट | पुस ३, बैतडी | कृर्षि ज्ञान केन्द्र बैतडीले जिल्लाका ४ स्थानलाई तरकारी पकेट क्षेत्र स्थापना गर्ने भएको छ । डिलासैनी गाउपालिकाको गोकुलेश्वर, मेलौली नगरपाकिलाको वडा नं  २, दोगडाकेदार गाउपालिकाको वडा नं ३ र दशरथ चन्द नगरपालिकामा तरकारी पकेट क्षेत्र स्थापना गरीने भएको हो । 

तरकारी बिकास कार्यक्रम अन्तरगत जिल्लाका चार स्थानमा तरकारी पकेट क्षेत्र घोषणा गरीएको र सो ठाँउका कृषकहरुलाई ज्ञान केन्द्र बैतडीले अनुदान समेत दिने  कृर्षी ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

तरकारी पकेट क्षेत्र घोषणा गरीएको स्थानका कृर्षकहरुले तरकारी समुह  गठन गरी वडा कार्यालय मार्फत सिफारीस साथ आएमा पचास प्रतीसत अनुदान दिने ब्यावस्था रहेको पनि ज्ञान केन्द्र बैतडीका निमित्त अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । २५ रोपनि जग्गामा ब्यावसायिक  तरकारी खेती गर्ने इच्छुक किसानलाई मात्रै अनुदानमा समाबेस गराइने पनि उहाले स्पस्ट पार्नुभयो ।


यस्तै जिल्ला कृर्षी ज्ञान केन्द्र बैतडीले जिल्लाका पाँच स्थानलाई आलु उत्पादन पकेट क्षेत्रको रुपमा स्थापना गर्न लागेको छ ।  जिल्लाको पाटन नगरपालिका स्थित खोडपे, दशरथ चन्द नगरपालिकाको देहिमाण्डौ, पुर्चाैडी नगरपालिकाको कोटीला र सिगास गाउपालिकाका केहि स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थापना गरीएको ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

आलु उत्पादनमुखी क्षेत्र भएकाले यी पाँच स्थानलाई आलु पकेट क्षेत्रको रुपमा स्थपना गरीएकोे निमित्त हधिकृत चन्दले  बताउनुभयो । आलु उत्पादन गर्न चाहाने कृषकहरुले अनुदानमा ज्ञान केन्द्राबाट मल तथा बिउ प्राप्त गर्ने उहाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!