बैतडीमा चार लाख बढी बिधुत बक्यौता रकम असुल

Posted on: 01 May, 2017

बैशाख १८, बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटन थालेपछि रु चार लाख भन्दा बढी बक्यौता रकम असुल भएको छ । 

उक्त केन्द्रले तीन महिना वा सोभन्दा बढी विद्युत् महसुल नतिरेका कारण चैत २८ गतेदेखि हालसम्म ३० ग्राहकको लाइन काटेको हो । 

लाइन काटिएकामध्ये २३ जनाले विद्युत् महसुल बुझाएका र उनीहरुबाट रु चार लाख १५ हजार ६३३ बक्यौता रकम असुल गरिएको वितरण केन्द्रका लेखापाल उत्तम रेग्मीले जानकारी दिनुभयो । 

लाइन काटिनेमा सरकारी कार्यालय, निजी संस्था, गैरसरकारी संस्था, उद्योगधन्दालगायत छन् । विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन काटिने भएकाले समयमै विद्युत् महसुल तिर्न पनि वितरण केन्द्रले सबैमा आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!