भारतीय सिमानजिक सिलन्यास भयो शालिक र बिशाल नेपालको नक्सा

Posted on: 20 Feb, 2018

नरी बडु/फागुन ८, बैतडी । भारतीय सिमा नाका नजिक अर्थात बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा निर्माण हुने देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र उनले एकिकरण गरेको विशाल नेपाल झल्किने नक्साको सिलन्या गरिएको छ । 

राष्ट्रियता संरक्षण नेपालले निर्माण गर्न लागिको उक्त शालिक र नक्साको प्रजातन्त्र दिवसको अवसरमा सोमबार दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र नापाले विधिवद रुपमा सिलन्यास गरेका हुन् । 

बिसाल नेपालको नक्सा र पृथ्वीनारायण शाहाको शालिक सिलन्यास गरी नेपालको झण्डा गाड्दै राष्ट्रियता संरक्षण अभियानको टोली । तस्बिर: नरी बडु, बैतडी, सास 

सुदूरपश्चिम र उत्तराखण्डकै प्रशिद्ध त्रिपुरासुन्दरी मन्दिर, शहीद दशरथचन्दको जन्मघर, सुन्दरखाली राष्ट्रिय क्रिकेट मैदानको सेन्टरमा निर्माण गर्न लागिएको देशकै ठुलो पृथ्वीनारायण शाहाको शालिक र विशाल नेपालको नक्साले यस क्षेत्रमा धेरै पर्यटक भित्र्याउ सकिने नगरपालिकाका प्रमुख थापाको भनाई छ ।

बैतडी उद्योग बाणीज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको जग्गामा करिब १ करोडको लगानीमा निर्माण गर्न लागिएको  पृथ्वीनारायण शाहको शालिक २१ फिट अग्लो हुने राष्ट्रियता संरक्षण नेपालका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयो । 

लेखकका अनुसार उक्त शालिक र नक्साको वरीपरि एकता उद्यान समेत निर्माण गरिने छ । उक्त नक्सा र शालिकको इन्जिनियर प्रमोद लेखकले डिजाइन गरेका हुन् ।

मुर्तिकार कालुराम कोली लगायतको मुर्तिकारहरुको टोलिद्वारा निर्माण गरिने उक्त मुर्ति र नक्सा निर्माणका लागि देश तथा विदेशमा रहेका राष्ट्रियता पे्रमि नेपालीहरुबाट आर्थि सहयोग संकलन गरिने अध्यक्ष लेखकले बताउनुभयो । 

बैतडीको शदरमुकामबाट भारततीय सिमा नाका जुलाघाट जाने बाटो छेउमै निर्माण गर्न लागिएको उक्त शालिक, विशाल नेपालको नक्सा र एकता उद्यानले देशको गौरब, नेपाल एकिकरणका निर्माता र्पथ्वीनारायण शाहाप्रति सम्मान र यहाँको पर्यटकीय विकास हुने आपेक्षा गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!