बैतडीमा झन्डै ३ अर्वको बजेट

Posted on: 06 Jun, 2019

कृष्ण बिष्ट | जेठ २३, बैतडी | आगामी आर्थीक वर्षको लागि बैतडीका १० वटै स्थानिय तहमा सरकार मार्फत झन्डै ३ अर्ब बढी बजेट प्राप्त भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी बैतडीका १० वटै  स्थानियतहरुमा २ अर्ब ८९ करोड ८६ लाख बजेट बिनियोजन गरीएको हो । 

बैतडीको दशरथचन्द नगरपालिकाको लागि बित्तीय समानिकरण अन्तरगत ११ कारोड ९७ लाख र ससर्त अनुदान अन्गरत २७ करोड ४६ लाख गरी कुल ३९ करोड ४३ लाख प्रप्त भएको छ । पाटन नगरपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ११ करोड ३ लाख प्रप्त भएकोमा ससर्त अनुदानमा २४ करोड ४७ लाख गरी कुल ३५ करोड ५० लाख बजेट प्राप्त भएको छ । मेलौली नगरलिकाको लागि बित्तिय समान्यिकबरण अन्तरगत ९ करोड ३९ लाख र ससर्त अनुदान अन्तरगत १९ करोड ३५ लाख गरी जम्मा २८ करोड ७४ लाख बजेट प्रप्त भएको छ भने पुर्चौडी नगरपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत १२ करोड ३४ लाख र ससर्त अनुदान अन्तरगत २४ करोड ८९ लाख गरी ३७ करोड २३ लाख बजेट प्रप्त भएको छ । 

यसै गरी जिल्लाको सुर्नया गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ७ करोड ९३ लाख र ससर्त अनुदान अन्तरगत १४ करोड ९५ लाख गरी जम्मा २२ करोड ८८ लाख बजेट सरकारले बिनियेजन गरेको छ । सिगास गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ८ करोड ८७ लाख र ससर्त अनुदान अन्तरगत १७ करोड ५ लाख गरी २५ करोड ९२ लाख बजेट प्रप्त भएको छ । शिवनाथ गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ७ करोड ६५ लाख प्राप्त भएकोमा ससर्त अनुदान अन्तरगत १३ करोड १३ लाख गरी जम्मा २० करोड ७८ लाख बजेट प्राप्त भएको छ । 

पञ्चेश्वर गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ८ करोड ५ लाख र ससर्त अनुदान अन्तरगत १७ करोड २२ लाख गरी कुल २५ करोड २७ लाख बिनियोजन गरीएको छ भने दोगडाकेदार गाउापलिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ९ करोड ५७ लाख र ससर्त अनुदान अन्तरगत १८ करोड ७६ लाख गरी जम्मा २८ करोड ३३ लाख बजेट प्रप्त भएको छ । यसै गरी  आर्थिक वर्ष २०७६/०७७ को लागि डिलाशैनि गाउपालिकामा बित्तिय समान्यिकरण अन्तरगत ९ करोड १५ लाख र ससर्त अनुदान अन्तरगत १६ करोड ६३ लाख गरी कुल २५ करोड ७८ लाख बजेट प्राप्त भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!