टोल भेला नगरीकनै वडाबाट एकलौटी योजना गाउसभामा

Posted on: 28 Jun, 2019

कृष्ण बिष्ट | असार १३, बैतडी | सिगास गाउपालिकाको वडा नं २ ले बस्ती तथा टोल भेला नगरीकनै योजना गाउपालिकामा पाठाएको पाइएको छ । प्रत्येक बस्तीहरुमा टोल भेला  गराइ योजना छनौट गरी गाउपालिकामा नागरीकहरुको माग र आवस्यकताका आधारमा योजना छनौट गर्नुपर्ने भएपनि वडा नं २ ले बस्ती भेला नै नगरी योजना गाउपालिकाको कार्यालयमा पठाएको पाइएको हो । 

अन्य वडाहरुले बस्ती बस्तीमा गएर प्रत्येक नागरीकहरुका माग र आवस्यकताका आधारमा योजना संकलन गरीएको भएपनि वडा न. २ ले भने टोल भेला नगरेको स्थानिय टेकेन्द्र धामीले बताउनुभयो । वडा कार्यलयमा आफ्ना आसेपासेहरुलाई बोलाएर वडा परीसद गरी योजनाहरु पालिकामा बुझाएको स्थानियहरुले बताएका छन । आफ्ना आसेपासेलाई मात्रै योजना दिन मनोमानी ढंगबाट योजना संकलन गर्ने गरी चलखेल भएको स्थानियहरुले आरोप लगाएका छन ।  

यस बिषयमा वडा अध्यक्ष प्रेम सिह धामीले पनि आफुले योजना छनौट गर्दा बस्ती भेला नगरेको स्विाकार गर्नुभएको छ । आफुले स्थानिय बुद्धीजिवी राजनितिककर्मी लगायत सरोकारवाला निकाय सँग छलफल गरी वडा परिसद मार्फत योजना  छर्नाट गरेको बताउनुभयो । योजना छनौट कार्यक्रम नभइकनै गाउसभा सम्पन्न भएको मात्रै थहा पाएको वडा नं २ का स्थानियहरुले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!