बैतडीमा माघदेखि प्याराग्लाडिङ सञ्चालन हुने, यस्तो छ तयारी

Posted on: 24 Dec, 2019

पुस ८, बैतडी | बैतडीमा प्याराग्लाइडिङ माघदेखि सञ्चालनको तयारी भइरहेको छ | भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो | उक्त परिक्षण सफल भएपछि माघ देखि नियमित संचालन हुने भएको छ |


जिल्लाको  पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताएका छन् | उनका अनुसार तीन ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान बैतडीको पाटनमा सबैभन्दा राम्रो रहेको छ |

यो संगै बैतडीमा अन्तरिक तथा बाह्य पर्यटक भित्रिने विश्वास लिइएको छ | दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदारको सिल्लेगडामा १३ सय मिटर जिपलाइनको डीपीआर समेत तयार भएको छ | त्यसैगरी चमेलिया, सेती र महाकालीमा ¥याफ्टिङको तयारी भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!