सुदूरपश्चिममा हिमपात :भीमदत्त र दशरथ चन्द राजमार्ग अवरुद्ध

Posted on: 03 Jan, 2020

पुस १८, बैतडी | बर्षा र हिमपात संगै सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ भने विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन् | अत्तरिया- डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ त्यस्तै खोड्पे -चैनपुर जय पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ | 

 भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए | उनका अनुसार डडेल्धुरा सदरमुकाममै पनि हिंउ जमेको छ |

सुरक्षाकर्मी र सडक विभागका डोजर मार्फत अवरुद्ध सडक खोल्ने प्रयास भएपनि हिमपात जारी हुँदा समस्या भएको छ | राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!