प्रतिभा देखाउदै युवा विद्यार्थी

Posted on: 05 Jul, 2018

नरी बडु | असार २१, बैतडी | देशमा व्यवहारीक एवं अतिरिक्त क्रियाकलाप सहितको शिक्षा आवश्यक छ भन्ने बहस चलिरहेका वेला बैतडीका युवाहरु पनि विभिन्न प्रतिभा देखाउनमा व्यस्त छन् । जिल्ला युवा समिति मार्फत आयोजन भएका नृत्य प्रतियोगिता र बक्तित्व प्रतियोगितामा युवाहरुले प्रतिभा देखाएका हुन् । 

जिल्लाको डिलाशैनी गाँउपालिकामा बुधबार आयोजना गरिएको एकल तथा सामुहिक नृत्य प्रतियोगितामा यहाँका २५ जना युवाहरुले आफ्नो प्रतिभा देखाएका छन् । यस्तै बिहिबार जिल्ला सदरमुकाम स्थित जिल्ला युवा समितिको कार्यालयमा आयोजना गरिएको जिल्ला स्तरिय वक्तिृत्वकला प्रतियोगितामा ८ जना युवाहरुले आफ्नो प्रतिभा देखाएका छन् । 

युवा प्रतिभा पहिचान कार्यक्रम अन्तगत “समृद्ध नेपाल सुखि नेपाली अभियानमा युवाको भुमिका” विषयक शिर्षकमा उनिहरुले आफ्नो कला प्रस्तुत गरेका हुन् । बक्तित्वकला प्रतियोगितामा क्रिमसनसिह नेगी प्रथम, भुवनेश्वरी भट्ट द्वतिय, कमलापती भट्ट तृतिय र डम्बरी बडुले सान्त्वना स्थान हात पारेका छन् । 


जिल्लाबाट प्रथम भएका त्रिमशनसिह नेगी असार २३ गते हुने प्रदेशस्तिरीय बक्तित्वकला प्रतियोगितामा सहभागि हुने छन् । प्रथम, द्वतिय, तृतिय र सान्त्वना स्थान हात पार्ने प्रतियोगिहरुलाई जिल्ला युवा समितिले क्रमशः ७ हजार, ६ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेको छ । कार्यंक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले युवाहरु  देश विकासको मुल शक्ति भएकाले उनिहरुले आफ्नो क्षमता विकास गर्नुपर्ने बताएका छन् । कार्यक्रमका सभाध्यक्ष एवम् जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीले युवाहरुको प्रतिभा पहिचानका लागि युवा समितिले कार्यक्रमको आयोजना गरेको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!