मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवकको मृत्यु

Posted on: 01 Aug, 2019

कृष्ण बिष्ट | साउन १६, बैतडी | मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवाकको मृत्यु भएको छ । सोमबार मलेसियाको सेलाङ्गर राज्यमा पुर्चौडी नगरपालिकाका ४ धौलकाडाका  २३ वर्षीय मिन बहादुर  धानुकको  सडक दुर्घटनामा परि मलेसियामा मृत्युभएको हो । 

सेलाङ्गर राज्यमा पर्ने किसम इन्डस्र्टीज कम्पनीमा काम गर्दै आएका धाुनकको गत सोमबार राति मृत्युभएको  मलेसियामा अवस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । राजदुतावासका अनुसार साथिहरु संग भेटघाट गरेर राति आफ्नो कोठामा फर्किने बेला सडक पार गर्दा विपरित दिशाबाट आएको गाडिले  ठक्कर  दिदा घटनास्थलमै धानुकको मृत्युभएको हो । सोमबार राति सडक दुर्घटापरि मृत्युभएका  धानुकको शव अहिले सम्म नेपाल नआएको वडा नं ४ का कार्यबाहक अध्यक्ष लालबहादुर धानुकले  बताउनुभयो ।

मेलेसियाको पिजेमा  रहेको  असुन्ता अस्पत्तालमा शव राखिएको भन्दै मृतकका आफन्त नरेन्द्र राजाले आवश्यक कागजी प्रक्रृया पुरा गरि नेपाल पठाउने तयारी भइरहेको  बताएको कार्यबाहक अध्यक्ष धानुकको  भनाइ  छ ।  ४ वर्ष पहिले रोजगारीको  सिलसिलामा मलेसिया गएका  मृतकका घरमा आमा बुवा, श्रीमति र  एउटा भाइ  छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!