बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा, भोट गर्न आग्रह

Posted on: 16 Jul, 2019

कष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् । 

समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्दै आएकी छिन्। उनले भोट दिएर जिताउन सवै नेपालीलाई आग्रह पनि गरेकी छिन्।  अनलाइन भोटिङमा एक जनाले एक दिनमा एक भोट मात्र गर्न पाइने नियम छ। आगामी जुलाइ २० सम्म प्रत्येक दिन एक भोट गर्न सकिने छ । 

मतदान जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए घोषणा जुलाई २१ का दिन हुनेछ । 

भोट गर्न यहाँ क्लीक गर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!