बैतडीमा जातीय विभेद नहुने वनारसी जात्रा,यस्तो छ धार्मिक नियम

Posted on: 05 Feb, 2020

माघ २२, बैतडी | बैतडीको प्रसिद्ध वनारसी धाममा बर्षौंदेखि यस्तो जात्रा लाग्छ–जहाँ दलित र गैरदलितको विभेदकारी विभाजन कहीँ हुँदैन | जिल्लाको पाटन नगरपालिका ३ मा पर्ने वनारसी धाममा यसपटक पनि यस्तो विभेदलाई माथ गर्ने जात्रा सम्पन्न भएको छ |

प्रत्येक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा यसपटक पनि दलित पुजारी थिए | उनै पुजारीले गैरदलितलाई मन्दिरको प्रसाद दिए | प्रसाद पाउनेहरुले मन खोलेर हाँसीखुशी ग्रहण गरे | दलित समुदायका पूजारी रहेको सो मन्दिरमा हरेक समुदायका नागरिकको उपस्थित रहन्छ | वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए | यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरु जाने र दलित समुदायका पूजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ |

वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किम्बदन्ती अनुसार वनारसीलाई शक्तिशाली देवताको रुपमा लिने गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!