'संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पनि महिला हुन्थेनन'

Posted on: 17 Jul, 2017

नरी बडु/साउन २, बैतडी । अन्र्तपार्टी महिला संञ्जाल बैतडीले आयोजना गरेको महिला समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागि महिलाहरुले संविधानमा व्यवस्था नभएको भए उपप्रमुख पदमा पनि महिलाहरुको सहभागिता हुन्थेन भन्ने निस्कर्ष निकालेको छ ।

जिल्लामा क्रियासिल कुनैपनि राजनीतिक दलले स्थानीय तहको प्रमुख पदमा महिलालाई टिकेट नदिएपछि उनिहरुले यस्तो निष्कर्ष निकालेका हुन् । अभिमुखिकरणमा सहभागि महिलाहरुले यदि उपप्रमुखमा महिला अनिवार्य भन्ने संविधानमा नलेखिएको भए आफुहरुलाई पुरुषबादी चिन्तन भएका व्यक्तिहरुले उपप्रमुख पनि नबनाउने बताएका छन् ।

अन्र्तपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्ट, सचिव कान्ता चन्द, सरस्वती नेपाली लगायतका महिला नेतृहरुले आफुहरुले प्रमुख पदमा लड्ने इच्छ्या राखेको भएपनि त्यो अवसर नपाएको गुनासो गरेका छन् ।

१० वटा स्थानीय तह रहेको यस जिल्लामा १० महिला उपप्रमुख पदमा निर्वाचित भएका छन् भने ८४ वडामध्ये १ जना महिलामात्रै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

कार्यक्रममा सहभागि महिलाहरुले आफुहरुलाई पितृसत्तात्मक पुरुषवादी सोचका व्यक्तिहरुले अगाडी  बढ्न नदिएको गुनासो समेत गरेका छन् ।

आगामी पाँच वर्षमा प्रमुख पदककै लागि टिकेट लिने कसरतमा लाग्न आजै देखि लागि पर्ने समेत उनिहरुले अठोट गरेका छन् ।

कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफुहरुले महिलाहरुलाई प्रमुख पदमा उठाउन नसकेको स्यूकार गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!