एमालेका १७ जिल्ला स्तरीय कार्यकर्ता निष्कासित

Posted on: 18 Jul, 2017

नरी बडु/साउन ३, बैतडी । नेकपा एमाले बैतडीले स्थानीय तहको निर्बाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उमेद्वारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ ।

सोमवार बसेको जिल्लाको १९ औ पुर्ण बैठकले पार्टीका उमेद्वार बिरुद्ध उमेद्वार बनेका, उमेद्वारलाई असहयोग गर्ने १७ जना जिल्ला स्तरका कार्यकर्तालाई कारवाही गरेको हो ।

जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश साउद, जानकी भाट, भगीरथसिंह कुवर, राजेश्वरी कुवर, कृष्णसिंह साउद, प्रदीप बोहरा, दलबहादुर ऐर, नागी धानुक, तस्बीर बोहरालाई साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेको जिल्ला सचिव लिलाधर भट्टले बताए ।

यस्तै पुर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर बिष्ट, पुर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, स्कुल बिभाग सदस्य लोकराज भट्ट, अनेमसंघ जिल्ला कोषाध्यक्ष चन्द्रकला साउद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको भट्टले बताए । कारवाही गरिएका मध्ये चन्द्रकला साउद राप्रपाबाट मेलौली नगरपालिका उपप्रमुख र कृष्णसिंह साउद सिगास गाउपालिका अध्यक्षमा स्वतन्त्र उमेद्वार बनेका थिए ।      

बैठकले निर्वाचनको समीक्षा गर्दै गाउ र नगरका अन्य कार्यकर्ताको भूमिका छानबिन गरी जिम्मेवारीमा बसेर अन्तरघात गर्नेलाई कारबाही गर्न बडातहबाट साउन १५ भित्र जिल्लामा माग गरेको नेकपा एमाले बैतडीका कार्यबहाक अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । एमाले बैतडीले जनाएको छ । बैतडीका १० स्थानीय तह मध्ये एमालेले ७ तहमा प्रमुख र ५ मा उपप्रमुखमा पराजित भएको थियो । 

तर कारवाहीमा परेका कार्यकर्ताहरुले भने पाटीको नेतृत्व गर्ने व्यक्तिहरुले व्यक्तिगत पुर्वाग्रहमा आफुहरुलाई कारवाही गरेको आरोप लगाएका छन् । आफुहरु विगत देखिनै एमाले कार्यकर्ता भएको र चुनावमा पनि कुनै किसमको असहयोग नगरेको नेकपा एमाले बैतडीका पुर्व जिल्ला उपसचिव मोहन बरालको भनाई छ ।

आरोप प्रमाणीत नभईकन दुई चार जना बसेर व्यक्तिगत रिसिभिका कारण आफुहरुलाई कारवाही गरेको भन्ने सुनेका छौँ तर आफुहरुलाई अहिलेसम्म कुनै खबरै नआएको बरालको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!