बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र तोकियो, स्थानीयको बिरोध

Posted on: 17 Mar, 2020

चैत ४, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को पङ्सेरामा तोकिएको छ | गाउँसभाको २ तिहाई बहुमतले उक्त निर्णय पारित गरेको हो |

सोमबार उपस्थित २५ जना गाउँसभा सदस्यहरुले उक्त निर्णय सदर गरेकाले अब उक्त निर्णय प्रदेश सरकारलाई बुझाउने र प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउने गाउँपालिकाका अध्यक्षउकेन्द्र बोहराले जानकारी दिए |

गाउँसभाबाट २ तिहाई बहुमतले पङ्सेरामा केन्द्र बनाउने निर्णय भएकोमा केही स्थानीयले त्यसको विरोध गरेका छन्। विगतमा गाउँपालिकाको केन्द्र  वडा नम्बर ७ भानी गाउँमा रहेकोमा त्यसलाई यथावत राख्नुपर्ने भन्दै उनीहरुले विरोध गरेका हुन |

नेकपा जिल्ला अध्यक्ष सुरेन्द्र पालको निर्देशनमा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले पङ्सेरामै केन्द्र बनाउन चलखेल गरेको भन्दै आइतबार स्थानीले गोकुलेश्वरमा विरोध प्रर्दशन गरेका थिए।  

आक्रोशित स्थानीयले ७ वडा रहेको गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ गरी ४ वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए | जनताको पक्षमा निर्णयनभएको भन्दै विरोध जारी राख्ने डिलाशैनी संघर्ष समितिका संयोजक जयराज जोशीले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!