बैतडीमा सर्पले डसेर एकजनाको मृत्यु

Posted on: 14 Jul, 2017

असार ३०, बैतडी । पाटन नगरपालिका–६ टुडीगैरकी ५५ वर्षीया गोमती विष्टको आज सर्पले डसेर मृत्यु भएको छ ।  

बिहान घरनजिकै रहेको खेतमा धान गोडिरहेका बेला विष्टलाई सर्पले डसेको जिप्रका बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । 

सर्पले डसेलगत्तै विष्टलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ केन्द्रमा पु¥याइएकामा पाटनमा उपचार हुन नसक्दा थप उपचारका लागि सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!