बैतडीमा पनि आजबाट प्रहरी हाम्रो टोलमा आभियन

Posted on: 22 Sep, 2017

नरी बडु। असोज ६ बैतडी । शान्तिसुरक्षा र सुशासन, जनमैत्रि प्रहरी प्रशासन भन्ने मुल नाराका साथ बैतडी लगायत देशभर आजबाट प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।


नगरिक र प्रहरी बिचको सम्बन्ध बलियो बनाई समाजमा हुने अपराधिक घटना न्यूनिकरण गर्नुका सथै समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका आयोजनामा प्रहरी, नागरिक समाज, वालवालिका, महिला, जेष्ट नागरिक एवमं सम्पुर्ण सरोकारवालाहरुको उपस्थीतिमा बैतडीमा पनि प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।

जिल्लाको गोठलापनी बाजारबाट निकालिएको बृहत र्यालीले जिल्ला समुन्वय समितीको हलमा औपचारिक उद्घाटन गरेको थियो ।

नागरिक र प्रहरी बिचको सम्बन्धि सुमधूर बनाई समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्र्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए ।

हामी बर्दि लगाएका प्रहरी हौँ समाजमा बस्ने सबै नागरिक बिना बर्दीका प्रहरी हुन् अब हामिले संगै मिलेर समाजमा शान्ति सुव्यवस्था कायम गर्नु पर्छ उनले भने ।

कार्यक्रममा उपस्थित प्रधानन्यायधिस धुर्बकुमार शाह, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, विभिन्न स्थानीय निकायका जनप्रतिनिधि, बालक्लबका अध्यक्ष, नागरिक समाज लगायत सरोकारवालाहरुले प्रहरी हाम्रो टोलमा कार्यक्रम एकदमै प्रभावकारी हुने विश्वास गरेका छन् ।

पछिल्लो समय बैतडी प्रहरी नागरिक संगको सम्बन्धि बलियो बनाई टोलटोलमा गएर विक्रिति विसंगती र अपराध न्यूनिकरणमा सक्रिय छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!