बैतडीमा अज्ञात व्यक्तिद्वारा विस्तापित शिक्षकको घरमा आगजनी

Posted on: 25 Sep, 2017

नरी बडु/असोज ९, बैतडी । जिल्लाको शिवनाथ गाँउपालिका–६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनि र तोडफोड गरेका छन् । 

गैरदलित परिवारकी छात्रा दलित केटासंग गएपछि विद्यालय व्यवस्थापन समितीले निस्कासित गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीबाट उनको घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीको भनाई छ । गैरदलित छात्रालाई दलित केटासंग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन भने उनका पति करन राना श्री हिरापुर मावि कनालिमा निमावि मा राहात कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरालाई संग राखि सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।

“उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासंग भगाउनमा तेरो र तेरो पन्तीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरीयो  ।” रानाले भने । न्यायको लागि महिनौँ देखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् ।

“नयाँ घरमा आगजनि ग¥यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो” रानाले दोहो¥याए । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरुको खोजिकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र वमले बताए ।

आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा दलित समुदायका केटासंग भगाउनमा आफ्नो कुनै हात नरहेको बताउदै आएका छन् ।

एक महिना संम्म सम्पर्क बिहिन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ मा सम्पर्कमा आएका थिए । छात्राले दलित केटासंग आफुखुसि गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ–आफ्नो परिवारको जिम्मा लगाईएको थियो ।

सोहि घटनापछि शिक्षक दम्पति र उनका छोरा छोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफुहलाई गाँउमा आए मार्ने धम्की दिनेगरेको पीडित शिक्ष्का रानाले गुनासो गरे । शिक्षा नियमावलि अनुसार कुनै अपराध विना शिक्षलाई निस्कासित गर्न नपाईने भएपनि व्यवस्थापन समितीले भने नियमावलिको अवज्ञा गर्दै शिक्षकलाई निस्कासित गरेको आरोप छ । गाँउलेहरुले निस्कासन गर्न दबाव दिएपछि करन रानालाई निस्कासित गर्नु परेको विद्यालय का प्रधानाध्यापक जनक चन्द बताए ।

विद्यालय व्यवस्थापन समितीले कुनै कसुरबिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन राना को घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाहि प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

“त्यसरी कसैलाई कामबाट निकाल्न पनि पार्ईदैन र आगो लगाउने कुरात सरासर कानुन विपरित भएकाले तस्ताका दोषिमाथि कारवाहि गरिन्छ” जोशीले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!