बैतडीमा सरोकारवालाहरुद्वारा मानवअधिकारका मुख्य सवाल छनोट

Posted on: 03 Nov, 2017

नरी बडु/कात्तिक १७, बैतडी । जिल्ला स्थित विभिन्न सरोकारवालाहरुले मानवअधिकारका मुख्य–मुख्य सवालहरु छनोट गरेका छन् । 

नेपाल मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीको आयोजनामा कात्तिक १७ गते मानवअधिकारका मुख्य–मुख्य सवालहरुको पहिचान विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले विभिन्न मानव अधिकारका सवाहरुमध्ये मुख्य सवालहरु छनोट गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, बैतडीमा आयोजना गरिएको अन्र्तक्रियामा उपस्थित जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, अधिकारकर्मि र पत्रकारहरुले मानव अधिकारका मुख्य सवालहरु छनोट गरेका हुन् । सरोकारवालाहरुले जिल्लामा सामाजिक अधिकार, महिला अधिकार, बालअधिकार, सामाजिक साँस्कृतिक तथा राजनीतिक र खाद्यय अधिकार प्रमुख समस्याका रुपमा रहेको छ ।


“अझै सम्म पनि गाँउमा जातिय विभेदले जडो गाडेको छ, सचेत व्यक्तिहरुले नै जातिय भेदभाव गर्ने गरेका छन् ।” मानव अधिकार अभियान्ता करन दयालले भने ।

जातिय विभेदका साथै जिल्लामा बाल अधिकारको अवस्थापनि नाजुक भएकाले यसतर्फ पनि विषेस ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

“सानै उमेरमा भएको विवाहले मानवको सर्वाङ्गिण विकासमा प्रतिकुल प्रभाव पार्ने भएकाले जिल्लामा व्याप्त रहेको बालविवाहरुको अवस्थालाई न्यूनिकरण गर्न सबैले लाग्नुपछ ।” जिल्ला बाल अधिकार संञ्जालकी अध्यक्ष निसा भट्टले भने ।

कार्यक्रमका सभाध्यष एवम् मानवअधिकार आयोज क्षेत्रिय कार्यालय, धनगढीका मानव अधिकार अधिकृत पवन कुमार भट्टले मानव अधिकारको बारेमा बताउनुका साथै मानव अधिकार रक्षाका लागि सबैको भुमिका उत्तिकै जरुरी हुने बताए । 

आज सरोकारवालाहरुद्वारा छनोट गरिएका सवालहरुलाई आयोगले प्राथमिकतामा राख्ने उहाँको भनाई छ । उक्त कार्यक्रमको समुन्वयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पनि सहयोग गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!