​बैतडीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

Posted on: 12 Feb, 2018

माघ २९, बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । 

सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!