बैतडीमा मापसे गरेर एम्बुलेन्स हाक्ने चालक र एचए नै प्रहरी फन्दामा

Posted on: 14 Feb, 2018

नरी बडु/फागुन २, बैतडी । मादक पदार्थ सेवन गरेर सवारी चलाउदा विभिन्न समयमा दुर्घटना भएका खबरहरु बेलाबेलामा आइरहने गर्दछन् ।

मापसे गरेर जुनसुकै सवारी साधन चलाउन पाईदैन तर बिरमीलाई छिटो छरितो अस्पताल लग्न भनेर प्रयोग हुने एम्बुलेन्सलाई बिना कुनै रोकटोक गन्तव्यमा जाने व्यवस्थापनि मिलाइएको छ ।

अब सोच्नुहोस मापसे गरेका व्यक्तिलेनै एम्बुलेन्स हाक्यो भने हालत के होला ? यस्तै भएको छ बैतडीमा, गएको मंगलबार मापसे गरी प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीको एम्बुलेन्स चलाइरहेका चालक र सोही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरथ एचएलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक मुद्धा चलाएको छ ।

एम्बुलेन्स जस्तो सम्बेदनसिल सवारीसाधन चलाउदा समेत मापसे गरेको आरोपमा चालक र एचए दुबैलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।

शर्माका अनुसार मापसे गरेर सवारी चलाउने जुनसुकै सवारीसाधनका चालकहरुलाई पक्राउ गरी सार्वजनि मुद्धा चलाउने काम तिब्र रुपमा भईरहेको छ ।

गाडीमा यात्रा गर्दा चालकले मापसे गरेर चलाईरहेको थाहा भएमा उक्त गाडिमा बसेका जुनसुकै सवारी र अन्य व्यक्तिहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा सिधा सम्पर्क गरी दुर्घटना हुनबाट जोगाउन समेत जिल्ला प्रहरी कार्यालय बैतडीले सबै नागरिकहरुमा आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!