बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यू

Posted on: 16 Feb, 2018

नरी बडु | फागुन ४, बैतडी | बैतडीको पुचौँडी नगरपालिका– ५ कुवाकोटस्थित छडेखोलामा ना ४ ख ५७६५ नम्बरको स्काभेटर सडकभन्दा करीब १ सय २० मिटर तर खसेर दुर्घटना हुदा चालकको मृत्यू भएको छ ।

श्रीभावरबाट कुवाकोटतर्फ जादै गरेको स्काभेटर आज दिउसो ३ बजे दुर्घटना हुदाँ घाईते भएका चालक भिमदत्त नगरपालिका– ५ कञ्चनुपरका ३८ वर्षीय दानसिह रावतको मृत्यू भएको हो । रावतलाई उपचारका लागि लग्दै गर्दा दिउसो ४ बजे बाटोमानै मृत्यू भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिङले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्काभेटरको दाहीने चेनतिरको जमिन भाँसिएर दुर्घटना भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!