बैतडीमा एक व्यक्तिको रहस्यमय मृत्यु

Posted on: 07 Sep, 2018

भदौ २२, बैतडी | बैतडीमा बुधबार राति बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ | मृत्यु हुनेमा पाटन नगरपालिका ६ लामाखेतका बलदेब अवस्थी रहेका छन् । 

राती साढे आठ बजे घाइते अवस्थामा भेटिएका उनको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मृतक अवस्थीको घु्ँडा र अण्डकोषमा चोट लागेर बेहोस भएको अवस्थामा प्रहरीले गएराती फेला पारेको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!