बैतडीमा एक नक्कली चालक अनुमति पत्रसहित पक्राउ

Posted on: 19 Sep, 2018

असोज ३, बैतडी | बैतडीमा एकजना नक्कली चालक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा दशरथचन्द नगरपालिका  ९ ग्वाल्लेकका बिसनदत्त जोशीलाई नक्कली सवारी चालक अनुमति पत्रसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

किर्ते सवारी चालक अनुमति पत्र साथमा राखेर जोशीले सवारी साधन चलाइरहेको पाइएको हो । जोशीमाथि लिखित किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भई अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ । पक्राउ परेका जोशीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताए । 

जोशीले किर्ते सवारीचालक कहाँबाट प्राप्त गरेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । किर्ते सवारी चालक अनुमति पत्र बनाएमा ३ बर्ष कैद र ३० हजार जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । चालक जोशीलाई मंगलबार पक्राउ गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!