बैतडीमा महिलाको अस्थिपञ्जर फेला

Posted on: 13 Oct, 2018

असोज २७, बैतडी (रासस) | बैतडीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ । 

मेलौली नगरपालिका–२ सूर्नयागाड नदीको प्यानी भन्ने ठाउँमा महिलाको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । 

माछा मार्ने क्रममा स्थानीय नारायण लुहारले महिलाको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाहिर रातो चोला लगाएको र मेक्सी लगाएको अस्थिपञ्जर फेला परेको जनाइएको छ । अस्थिपञ्जर कसको हो भन्ने थाहा हुन सकेको छैन । 

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!