बस दुर्घटनामा पाँच घाइते

Posted on: 16 Oct, 2018

असोज ३०, बैतडी | महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । 

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!