बैतडीमा मैनबत्ति बिक्री गरि बिद्यार्थीद्वारा ५५ हजार आर्थिक संकलन

Posted on: 10 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक २४, बैतडी | बैतडी स्थीत सिद्धेश्वर माबि हुक्केडाडा पाटन नगरपालिका ९ का बिद्यार्थीहरुले तिहारका लागि तयार पारेको मैनबत्ति बाट  ५५ हजार आम्दानी गरेका छन । बिद्यार्थीहरुले बिद्यालयमै उत्पादन गरेको मैनबत्ति बिक्री गरेर ५५ हजार रुपैया आम्दानी गरेका हुन ।

बिद्यालयमा उत्पादन गरेका थरि थरिका मैनबत्ति जिल्ला भित्रैका पाटन, खोडपे लगायत सदुमुकाम लगायत अन्य स्थानिय बजारहरुमा  बिक्री गरिएको बिद्यालयले जनाएको छ । 


कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले पेषा तथा ब्यवसाय बिषयको प्रयोगात्मक समयमा बिद्यार्थीहरुबाटै मैनबत्ती उत्पादन गरिएकोमा १४ सय प्याकेट मैनबत्ति बिक्रि गरेको बिद्यालयका प्रद्यानाध्यापक नरेन्द्र भट्टले जानकारि दिनुभयो । 

बिद्यार्थीहरुले पेषागत दक्षता हासिल गर्न सकुन र बिद्यालयको आर्थीक स्थितीलाई सुधार गर्नका लागि मैनबत्ती उत्पादन गरिएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम सिँह भाटले जानकारि दिनुभयो । 


पेषा तथा ब्यावसय बिषय अधयापन गराउने शिक्षिका चन्द्रा भाटको प्रभावकरी प्रयोगात्मक सिकाइबाट बिद्यार्थीहरुले ७ थरीका मैनबत्ती बनाएको प्रद्यानाध्यापक भट्टले बताउनुभयो । यस प्रकारको सिकाइबाट बिद्यार्थीहरुमा पेषा प्रतीको आकर्षण बढ्ने अपेक्षा समेत लिइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!