बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

Posted on: 11 Nov, 2018

कृष्ण बिष्ट | कात्तिक २५, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित  जोलाबाजमा आगलागी हुदा ५० हजार बराबरको नोक्सान भएको छ । आइतबार बिहान ४:३० बजे स्थानिय सेर सिँह महराको घरमा आगलागि हुदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नस्ट हुदा ५० हजार बारबरको नोक्सान  भएको हो । 

इलाका प्रहरी कार्यालय पाटनका अनुसार खर तथा मकैका थुप्रा पुरै जलेर नस्ट भएका छन भने स्थानिय र पाटन नगरपालिकाको दमकलको सहयाताले घर जल्नबाट जोगाउन सकिएको बताइएको छ ।  

आगालागी के कती कारणले लागेको हो भन्ने खुल्न नसकेको छैन यद्यपी पिडित परिवारका अनुसार छिमेकि कसैले आगो लगाएको अनुमान गरिएको इलाका प्रहरि कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र सिँहले जानकारि दिुनभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!