बैतडीमा भुकम्पको धक्का महसुस

Posted on: 11 Nov, 2018

कात्तिक २५, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्प धक्का महसुस गरिएको भएपनि क्षती विवरण भने अहिलेसम्म कतैबाट नआएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!