बिद्यालयमा बालउद्यानका समाग्री निर्माण भएपछि रमाउदै सिक्छन बालबालिका

Posted on: 17 Nov, 2018

कृष्ण बिष्ट | मङ्सिर १, बैतडी | बैतडीको पाटन नगरपालिकाका ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका छन  । नगरपालिकाबाट ३ ३ लाख बजेट बिनियोजन गरि ५ वटा बिद्यालयमा बालउद्यानका समाग्री निर्माण सम्पन्न गरिएको पाटन नगरपालिकाले जनाएको छ । 

बालउद्यानका समाग्रीले बिद्यार्थीहरुमा राम्रो प्रभाव परेको सम्बन्धीत बिद्यालयहरुले जनाएका छन । 

वडा नं ४ मा रहेको भगवती आधारभुत बिद्यालय, वडा नं ८ मा रहेको जनता माबि, वडा नं ९ का २ वटा बिद्यालय सिद्धेश्वर माबि र ज्ञानेश्वर माबि, त्यसैगरी वडा नं १० मा रहेको कालिका माबी मा बालउद्यानका समाग्री निर्माण सम्पन्न भएका हुन । 

पाटन नगरपालीकालाइनै बालमैत्रि नगरपालिका बनाउने उदेश्यका साथ पहिलो आर्थीक वर्षमा ५ वटा बिद्यालयमा बालउद्यान समाग्री निर्माण सम्पन्न गरिएकोमा बालबालीकाहरुले रामइलो संग खेल्न पाउदा दैनिक रुपमा बिद्यालय आइरहन्छन र खेलकुद लगायत अतिरिक्त कृयाकलाप गर्नको लागी  सजिलो तथा रमाइलोमय बाताबरण हुदा सिकाइ प्रभावकारी  भइरहेको ज्ञानेश्वर माबि का शिक्षक धन बहादुर महराले बताउनुभयो । बालउद्यान समाग्रीले बालबालिकाको सिकाइमा राम्रो प्रभाव परेको उनले बताए । 

 खेलकुदका कार्यक्रमरु संगै मनोरन्जन गर्न मिल्ने खालका समाग्री उपलब्ध हुदा बालबालीकाहरु रमाउन थालेका सिद्धेश्वर माबि का प्रधानाध्यपक नरेन्द्र अवस्थीले बताए । 


नगरपालिकालाइ नै बालमैत्री नगरपालीका बनाउने लक्ष्य रहेकाले गरपालिकाका सबै द्यिालयमा बालउद्यानका समाग्री निर्माण गरिने पाटन नगरपालिकाका नगरप्रमुख केसव बहादुर चन्दले बताए । बाल उद्यानका समाग्री निर्माण्न गर्नको लागी बजेट बिनियोजन गरिने उनले बताए । 

नगरपालीकाका  सबै बिद्यालयमा बालउद्यानका समाग्री उपलब्ध गराइदियो भने बालमनोबिज्ञानका आधारमा पठनपाठन गर्न सजिलो हुने गौरीशंकर माबीका सिक्षक धनिदत्त पन्तले बताए  । बाल उद्यान समाग्रीले बालबालीकालाइ  बिद्यालयतिर आकर्षित गरिरहेकाले सबै बिद्यालयमा बाल उद्यान समाग्रीको ब्यवस्था गरि बालमैत्री बिद्यालय तथा बालमैत्री नगरपालीका बनाउन सकिने सिगास आधारभुत बिद्यालयका प्रधानाध्यपक गंगा दत्त अवस्थीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!