बैतडीमा ४ महिनाको अवधिमा १७ मानब अधिकार उल्लङ्घनका घटना

Posted on: 21 Nov, 2018

कृष्ण बिष्ट | मङ्सिर ५, बैतडी | बैतडीमा पछिल्लो चार महिनाको अवधिमा १७ मानव अधिकार उल्लङ्घनका घटनाहरु भएका छन । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बलत्कारका घटनाहरु भएको छन । 

जसमा ७ बलात्कारका घटना भएका छन भने  अन्य कार्यालयमा दुव्र्यवहार, घरेलु हिंसा, कर्तव्य ज्यान मुद्धा, बहुबिवाह र मानव बेचविखनका घटना भएका छन । 

घरेलु हिंसाका थप ५० वटा ठाडो उजुरी परेको (इन्सेक) बैतडीका प्रतिनिधी नरी बडूले जानकारी दिनुभयो । 

इन्सेक बैतडी र राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘सिमा क्षेत्रका मानव अधिकारका सवाल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९’ को वर्षिक समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको थियो । यसैबिच दैनिक ज्यालादारी गरिरहेका श्रमिकले पनि पारिश्रमिक नपाएको तथा अपहेलित हुनुपरेको बताका थिए । 

स्वास्थ्य समस्या, वेरोजगारी, जातिय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका क्षेत्रमा पनि समस्या देखा परेको इन्सेकले जनाएको छ । इन्सेक बैतडीले सबैभन्दा बढी आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका कुरालाई बिषेश प्राथमिकता दिदै आएको छ । आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारका घटनाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलको भनाइ छ । 

मानव अधिकारका क्षेत्रमा विगत देखिनै काम गर्दै आइरहेको इन्सेकले स्वास्थ्य समस्या, वेरोजगारी, जातीय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका सवालहरुलाई मुख्य प्राथमिकता दिनुपर्नेमा उहाले जोड दिइएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!