भारतमा मोटरसाइकल दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on: 08 Dec, 2018

मङ्सिर २२, बैतडी | भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । 

दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिनुभयो । 

मोटरसाइकलामा पछाडि बस्नुभएका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!