बैतडीमा समान्य हिमपात

Posted on: 13 Dec, 2018

कृष्ण बिष्ट । मंसिर २७, बैतडी । बैतडीका उच्च पहाडी जिल्लाहरुमा समान्य तया हिमपात भएको छ । जिल्लाको खोडपे, सतबाज लगायतका क्षेत्रमा आज बिहानै देखि हिमपात भएको हो । समान्य हिमपात सँगै यहाको जनजिवन यतायातका साधनहरु पनि केहि बेर अबरुद्ध बनेका थिए । 


बैतडीको खोडपे, सतबाज लगायतका ठाउहरुमा हिमपात भएको थियो । जयपृथ्बी राजमार्ग अन्तरगत खोडपे बझाङ् रोड हिमपात भएदेखि ३ बजे देखि मात्रै  सञ्चालनमा आएको खोडपे प्रहरी चौकीले जनाएको छ । यस्तै चिसो मौसम सुरु भएसँगै स्वास्थयकर्मीहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाव दिएका छन । चिसो बढेकाले बालक, दृघ रोगी र बुढापाखाहरुको स्वास्थ्यमा प्रभाव पार्ने भएकाले ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका हुन । चिसो दिन प्रतिदिन बढन थाले  पछि  जनजिवन प्रभावित बनेको  छ  ।

 जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जगदिश चन्द्र बिष्टले शिशूहरुलाई चिसोले निमोनिया लगायत अन्य रोगले आक्रमण गर्ने भएकाले न्यानो पारी राख्न र तातो झोलीलो पदार्थ खुवाउन सुझाव दिनुभएको छ । जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले सुझाव दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!