बैतडीमा वडा कार्यालयको भवन निर्माणका लागि १० रोपनी जग्गा दान

Posted on: 15 Dec, 2018

कृष्ण बिष्ट | मङ्सिर २८, बैतडी | मेलौली नगरपालिका वडा नं ३ को कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्नको लागि एक स्थानियले १० रोपनी जग्गा दान गर्नुभएको छ । वडा नं ३ स्थित मलेनाका खुइल सिँह ठगुन्नाले वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन स्थापना गर्नको लागि आफ्नो नाममा रहेको १० रोपनि जग्गा दान गर्नुभएको हो । 

वडा कार्यालयको आफ्नै भवन नहुदा कार्यसम्पादनमा समस्या भइरहेकाले आफुले जग्गा दान गरेको जग्गादाता खुइल सिँह ठगुन्नाले बताउनुभयो । 


वडा कार्यालयको आफ्नै भवन नहुदा कार्यसम्पादनमा समस्या भएको थियो । जग्गा प्राप्त भएपछि वडा नं ३ को कार्यलय मलेनामै वडा कार्यालयको स्थापना गरीने वडा अध्यक्ष रघुबिर भाटले जानकारी दिनुभयो ।

हाल वडा नं २ र ३ को कार्यलयको एउटै भवनबाट कार्यसम्पदान हुदै आएको छ । भवन निर्माणका लागि जग्गा प्राप्त भएपछि वडा कार्यलयको भवन स्थापना गरीने वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयको भवन निर्माण र स्वास्थ्चौकीको भवन निर्माणका लागी १० रोपनी जग्गा दान दिने ठगुन्नालाई वाडा कार्यालयका तर्फबाट धन्यबाद  ज्ञापन गरीएको वडा कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!