बैतडीमा नातीद्वारा हजुरबुवा र हजुरआमाको हत्या

Posted on: 15 Dec, 2018

कृष्ण बिष्ट | मंसिर २९, बैतडी | बैतडीको सुर्नया गाउपालिका ७ पत्थरकोटका २५ बर्षिय लोकेन्द्र कुवरले आफ्नै हजुरबुवा पर्ने ८४ बर्षिय गगन कुवर र हजुरआमा पर्ने ७६ वर्षीया नारु कुवरको हत्या गरेका छन । शनिबार बिहान करिब ११:३० बजे तिर दाउराको चिरपटले हानेर हत्या गरएको हो । 

हत्यारा कुवरको मानसिक सन्तुलन ठिक नभएको आफन्तले बताएका छन ।  हत्यारा लोकेन्द्रलाई प्रहरीले नियन्त्रण लिएको छ । 

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नेत्र मणी गिरीले बताउनु भयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!