बैतडीका ग्रामिण भेगमा दुधालु भैसी लोप हुदै

Posted on: 13 Jan, 2019

कृष्ण बिष्ट | पुस २९ बैतडी | बैतडीका ग्रामिण भेगका दुधालु भैसीहरु लोप हुदै गइरहेका छन । तराइबाट मासु प्रयोजनको लागि माग अत्याधिक आउन थालेपछि धमाधम यहाका ग्रामिण भेगका  दुदालू भैसीहरु तराइका जिल्लाहरुमा पलायन हुन थालेपछि ग्रामिण भेगमा दुदालू भैसीहरु लोप हुदै गइ राखेका हुन ।

पहिले पहिले यहाका ग्रामिण भेगहरुमा एक परीवारको घरमा पाँच भन्दा बढिहरु भैसीहरु पालेको देखिने गरेकोमा आजभोली एक परीवारमा एक भैसीपसिन पाउन मुस्कील भइहरेको स्थानियहरुले बताएका छन । “हाम्रै जमानामा ५ देखि १० भैसी सम्म प्रत्येकको परीवारमा हुन्थ्यो, ७५ वर्षीय पाटन १० की सिता बिष्टले भनिन, आजभोली गाँउमै  तिन चार भैसी पनि छैनन” उनले भनिन । दुदका लागि पाल्छन, दुध दिन छोडेपछि ब्यापारीहरुलाई सस्तो मुल्यमा बेच्ने गरेको उनको भनाइ छ । 

यहाका भैसीहरु  तराइका जिल्ला कैलाली कञ्चनपुर तिर पलायन हुन थालेपछि  ग्रामिण भेगमा भैसी पाइन मुस्कील भइरहेको स्थानिय गंगादत्त अवस्थीले बताए । “दूद दिन्जेल सम्म पाल्छन, दुध दिन छोडेपछि पाल्न नसक्ने भन्छन अनि सस्तो मुल्यमा बेचिदिन्छन” उहाले अगाडी भने,  आजभोली भैसी देख्नै मुस्कील छ । 

दुध दिन छोडेपछि त्यातिकै पाल्नु भन्दा सस्तो मुल्यामै भएपनि बिक्रि गर्ने यहाको चलन जस्तै भएको छ । मासु प्रयोजनका लागि खरीद गर्न ग्रामिण भेगमा ब्यापारीहरु आउने गर्दछन । मासु प्रांयोजनका लागि खरीद गर्ने भएकाले प्रती भैसी २० देखि ३० हजार सम्म बढि मोल तिर्र्दैनन । एक पटक वर्षदिन सम्म दोएर दुध दिन छोडेपछि मासु प्रयोजनको लागि खरीद गर्न आउने ब्यापारी हरुलाई बेचिदिने चलन जस्तै भएको अर्का किसान मदन भट्टले बताए ।

यसरी भैसी मासु प्रायोजनको लागि बाहिर जान थालेपछि दुध दिने भैसीको मुल्य पनि आकासिएको छ । स्थानिय ध्वज बहादुर महरा भन्छन । “गाउमा भैसी कम पाल्न थाल्छन, पाल्ने हरुपनि एक दुइ मात्रै हो, यसरी किसानहरु कम पाल्ने भएपछि आफै महङ्गो भयो” उनले भने । यहाका किसानहरु भैसी पालन  न्युन मात्रामा गर्न थालेपछि मुल्य पनि आकासिएको उहाको भनाइ छ ।  “दुदालु एकलाई राम्रो भैसी किन्ने हो भने ५० देखि ६० हजार पर्छ ” उनले भने । 

ब्यवसयिक रुपमा भैसी पालन गरेमा राम्रो आम्दानि हुने गरेको पनिय यहाका स्थानियको भनाइ छ । एक भैसी पालेपछि दैनिक आठ देखि १० लिटर सम्म दुध दिने गर्दछन । दुइ वटा भैसी पाल्दै आएको पाटन १० कि स्थानिय गौरी बिष्ट भन्छिन, “दुई भैसी पालेकि छु, दिनको ६ सय को दुद बेच्छु ” १५ लिटर दुध सधै बजार जान्छ ” उनले भनिन । यहाको खोडपे बजारमा प्रति लिटर ४० का दरले दुध बिक्रि हुने गर्दछ ।  ब्यावसयिक रुपमा पाल्ने हो भने राम्रै कमाइ हुने उहाको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!