बैतडीका ग्रामिण क्षेत्रमा रहेका लघु जलबिद्युत आयोजना बन्द

Posted on: 01 Feb, 2019

कृष्ण बिष्ट । माग १८, बैतडी । बैतडीका ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत् आयोजनाहरू पछिल्लो समयमा प्रयोग बिहिन रहेका छन । लामो समय सम्म पुनःनिर्माण नहुदा लघु जलबिद्युत आयोजनाहरु प्रयोग बिहिन रहेका हुन ।  

जिल्लामा रहेका १७ वटा लघुजलविद्युत आयोजना मध्ये अधिकांश बन्द अवस्थामा छन् ।

 जिल्लाको पञ्चेस्वर गाउपालिकामा बिगतमा गरिबि निवारण परियोजना बाट सञ्चालन भएका ३ वटा लघुजलबिद्युत मध्ये २ वटा पुर्णरुपमा बन्द भएका छन । वर्षाै देखि बन्द अवस्थामा रहेकाले पुनः निर्माण गर्न नसकिने अवस्थामा रहेको गाउपालिकाले जनाएको छ । पुनः सनर्माण गर्न ठुलो मात्रामा खर्च गुर्नुभन्दा राष्ट्रिय प्रसारणको लाइनलाई प्राथमिकता दिन लागिएको गाउपालिका उपाध्यक्ष बिना भट्टले बताइन ।

 यसै गरि सिगास गाउपालिकामा रहेका ७ वटा लघुजलविद्युत् मध्ये २ वटा पुर्ण रुपमा बन्द भएका छन भने ५ वटा लघुजलविद्युत् आयोजना भने निमार्णाधिन अवस्था रहेको सिगास गाउपालिका वडा न ४ का अध्यक्ष सेर सिह साउदले बताए । 

डिलाशैनी गाउपालिकामा ४ वटा लघुजलबिद्युत मध्ये एउटा लघु पुर्ण रुपमा बन्द रहेको छ भने ३ वटा लघुजलबिद्युत गाउपालिकाको लगानिमा निर्मणाधिन अवस्थामा रहेको गाउपालिका अध्यक्ष ओकेन्द्र बोहराले बताए । पुर्चाैडी नगरापलिकामा भने ३ वटै लघु जलबिद्युत आयोजना सञ्चालनमा रहेका छन । ३ लघु जलबिद्युत आयोजनाबाट १३ सय घरपरिवार लाभान्वित छन । 

४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा  ५ वटा स्थानिय तहका कार्यलयहरु अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन् । १ नगरपालिका र ४ गाउँपालिका विद्युत विहीन रहेका सम्वन्धित स्थानिय तहहरुले जनाएका छन् । स्थानीयतहमा विद्युत नपुग्दा दैनिक कामकाज गर्न समस्या हुने गरेको पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै राष्ट्रिय प्रसारणको लाइन पुग्न सकेको छैन । विद्युत लाइन नहुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!