बैतडीका असाहाय बालबालिकालाई सहयोग

Posted on: 04 Feb, 2019

कृष्ण बिष्ट । माघ २१, बैतडी । बैतडीको सिगास गाउपालिका वडा नं ७ न्वाघरका आमा बुवा गुमाएका असाहाय चार बालबालिकाहरुलाई राहात समाग्राि बितरण गरीएको छ । सेवक मित्र द्धारा बैतडीमा सञ्चालीत जिवन रक्षा कार्यक्रमका कार्यक्रम संयोक राज मन्राल र उहाकी श्रमती सरीता मन्राल लगायत निरज सिजापति र बैतडी पत्रकार महासंघ सदस्य सुरेन्द्र साँवद द्धारा सामुहिक रुपमा असाहाय बालबालिकाहरुलाई २१ हजार ८७० बराबरको राहात समाग्री बितरण गरीएको हो । 


आमावुवा गुमाएका ४ बालबालिकालाई ओड्ने ओछ्याउने समाग्री, अन्य लुगाकपडा, र खाद्य समाग्री बितरण गरीएको पत्रकार महासंघ बैतडीका सदस्य सुरेन्द्र साँवदले जानकारी दिनुभयो । असाहाय बालबालिकाहरुको बिचल्ली सिर्सकको समाचार पत्रपत्रिका तथा सञ्चार माध्याममा  आएपछि  उनिहरुलाई केहि सहयोग गरौ भन्ने भावना जागेकोले आफुले सहयोग गरेको जिवन रक्षा कार्यक्रमका कार्यक्रम संयोजक राज मन्रालले बताउनुभयो । 

आफ्नो  कमाइको सानो हिस्सा समाज सेवा र गरीब दिन दुखिलाई सहयोग गर्ने इच्छा जागेकोले सरीता मन्रालले बताउनुभयो । आफुले गरेको सानो सहयोगले यि असाहाय गरीब बालबालकालाई ठुलो राहात पुग्ने महसुस गरेको र  अरुहरुले पनि उहाहरुलाई सहयोगको अपिल मन्राल दम्पतीले गर्नुभएको छ ।  


खाद्य समाग्री, लुगाकपडा लगायत भाडाकुडाहरु प्राप्त गरेपछि सहयोगि मन हाम्रो समाजमा जिउदै रहेको आभास भएको २ भाइ र १ बहिनिको हेरचाहको जिम्मेवारी समाल्दै आइरहेकी १७ वर्षीया नारुली साँवदले बताउनुभयो । उनका बुवा तिन वर्ष अगाडी कामको सिलसिलामा भारतमा बित्नु भएको थियो भने आमाको पनि भिर बाट लडेर मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!