क्याम्पस प्राध्यापक सङ्घ निर्माण गर्न योगदान दिने आयोजकलाई सम्मान

Posted on: 06 Feb, 2019

कृष्ण बिष्ट । माघ २३, बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस एकाइ समितिले आज एक कार्यक्रमको आयोजना गरी  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापाक सङ्घ निर्माण गर्नका लागि विशेष योगदान पर्याउनुहुने मूल आयोजक समितिका संयोजक र  सदस्यलाई सम्मान गरेको छ भने नवनिर्वा्चित समितिका पदाधिकारि तथा सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ ।


विश्वविद्यालय स्थापना भएको आठ वर्ष बितिसक्दा पनि प्रध्यापकहरूको पेसागत हकहितका लागि काम गर्ने साझा संगठन  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापाक सङ्घ गठन हुन सकेको थिएन । पेसागत हितको सुरक्षाका साथै विश्वविद्यालयको  प्राज्ञिक उन्नयनका निम्ति काम गर्ने सङ्गठनको अभावमा विश्वविद्यालयमा कतिपय विकृतिहरू भित्रिन थालेकाले त्यस्ता विकितिहरूको विरुद्ध लड्नका लागि पनि एउटा सशक्त प्राध्यापक संगठनको आवश्यकता महसुस गरी यही पुस महिनामा प्रा. यज्ञराज भट्टको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्याक सङ्घ निर्माण गर्नका लागि अहम् भूमिका निर्वाह गरेकाले केन्द्रीय क्याम्पस एकाइ समितिद्वारा मूल आयोजक समितिका संयोजक यज्ञराज पाठक र सदस्यहरू यज्ञराज भट्ट, खेमराज जोशी, मुकुन्दबल्लभ कलौनी, कुम्भबहादुर चन्द, देवसिँह नाथ, हरीशचन्द्र भट्ट, हरिकृष्ण कडायत, राजेन्द्र पन्त र मनिष ओझालाई दोसल्ला ओढाएर सम्मान गरिएको कुरा केन्द्रीय क्याम्पस एकाइ समितिका उपसभापति टीकाराम खरेलले बताउनु भयो । 

त्यस्तै गरी सोही कार्यक्रममा  सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय समितिका नवनिर्वा्चित पदाधिकारी तथा सदस्यहरूलाई पनि केन्द्रीय क्याम्पस एकाइ समितिले बधाई ज्ञापन गरेको छ । समितिका सभापति उत्तमबहादुर थापा, उपसभापति मदन बोहरा, महासचिव खेम सुवेदी, कोषाध्यक्ष ईश्वर हमाल सदस्य मदनबहादुर चन्द, सदस्य भिमसिँह धामी लगायत अन्य सदस्य र नेपाल प्राध्यापक सङ्घका महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तता शुभकामना ज्ञापन गरिएको थियो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय क्याम्पस एकाइ समितिका सभापति दीपकचन्द्र भट्टको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अथिति नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य डा. लक्ष्मीराज पण्डित प्रमुख अतिथि हुनुहुन्थ्यो भने समितिका सचिव हरिसिहँ साउदद्वारा सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव कृष्ण साउद, नेपाल राष्ट्रिय प्राध्यापक सङ्घका केन्द्रीय सदस्य खगेन्द्र जोशी, मूल आयोजक समितिका सदस्य हरिशचन्द्र भट्ट, निर्वाचन समितिका संयोजक अर्जुन नेगीले मूल आयोजक समितिलाई आफ्नोकाम सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिनुका साथै नवनिर्वा्चित समितिलाई बधाई दिनु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!