नियमित बस सेवा सञ्चालनको माग राख्दै अनसन

Posted on: 12 Mar, 2019

कृष्ण बिष्ट | फागुन २८, बैतडी | बैतडीको पुर्चैडी नगरपालिकामा नियमित बस सेवा सञ्चालन ल्याउनुपर्ने र पुर्चौडी प्रहरी चौकी स्तरोउन्नती हुनुपर्ने माग राख्दै पुर्चौडीका  गगन सिहँ भण्डारी अन्सन बस्नुभएको छ । 

आफ्ना दुई बुदे माग राख्दै इलाका प्रसासन कार्यालय अगाडी मंगलबार देखि अनसन् बस्नु भएको हो ।

वडा नं २ महादेवस्थानका कुवँरले यतायातको मारमा पुर्चौडी बासी परेकाले यथासिग्र ढोल्यामोड पुर्चौडी सडकखण्डमा नियमित बस सेवा सञ्चालन हुनुपर्ने भन्दै अनसन् सुरु गरेको उहाले बताउनुभयो । पुर्चौडी प्रहरी चौकी पनि स्तरोउन्नती गरी सेवा प्रभावकारी बनाउनु पर्ने दोश्रो माग रहेको उहाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!