बैतडीमा ७४ जनाले हातहतियार बुझाए

Posted on: 22 Apr, 2019

कृष्ण बिष्ट । बैशाख ९, बैतडी । जिल्ला प्रशासन कर्यालय बैतडीमा ७४  जनाले हातहतियार बुझाएका छन । गृह मन्त्रालयको निर्देसन अनुसार बैशाख ५ गते सम्म  इलाका प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालय मार्फत ७४ जानाले हतियार बुझाएको जिल्ला प्रशासन कर्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेश नेगिले जानकारी दिनुभयो  । 

गत चैत्र १ गते देखि जिल्ला प्रसासन कार्यालयले ३५ दिने सुचना जारी गर्दै बैशाख ५ गते भित्र बैद वा अबैद हातहतियार बुझाउन भनी सुचना जारी गरेको थियो । सोहि ३५ दिने अवदिमा जिल्लाका अस्थाइ प्रहरी विट लगायत इलाका प्रहरी कर्यालय मार्फत ७४ जनाले हतियार (बन्दुक) बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी नेगिको  भनाइ  छ । 

गृह मन्त्रालको निर्देसमा बैशाख ५ गते भित्र जो कसैसँग हातहतियार भए जिल्ला प्रसासन कार्यालयमा बुझाउन भनि सुचना जारी गरीएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको सभाध्यक्षतामा गत चैत्र १ गते बसेको सुरक्षा समितीको बैठकबाट सो निर्णय गरिएको हो । 

बुझाएका हाहतियार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएर सुरक्षीत राखिएका  छन  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!