बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु तीन जना घाइते

Posted on: 19 May, 2019

जेठ ५, बैतडी  ।  बैतडीमा आज जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । देहीमाडौँबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नं को जीप आज बिहान ११.३० बजेतिर दशरथ चन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका अन्दाजी ४५ वर्षका हीराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट रहेका छन् । मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ  ।  

दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४० वर्षका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने अन्दाजी २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । 

घटनास्थल अहिले प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली पुगेको छ । जीप दुर्घटनाको कारण खुलेको छैन् । जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!