बैतडीमा विभत्स घटना: एकै परीवारका ३ जनाको डढेर मृत्यु (४ तश्वीर)

Posted on: 23 May, 2019

कृष्ण बिष्ट | जेठ ९, बैतडी | बैतडीको पुर्चौडी नगरपालिकामा चुल्होमा बालेको आगो फैलिएर घरमा आगलागि हुदा एकै परिवारका तिन जानाको मृत्यु भएको छ । वडा नं ५ स्थित कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको मृत्यु भएको बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । 


पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई लुहार परीवार वडा नं १ हाटको बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । 

बुधबार राति  खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको जलेर  मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको स्थानिय अरिुद्र जोसीले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा करीब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको उहाले बताउनुभयो । 


मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए।  घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!