नेकपा बैतडीले पूर्णता पायो

Posted on: 11 Jun, 2019

जेठ २८, बैतडी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जना जिल्ला कमिटी सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो । 

पूर्वनेकपा एमालेबाट ७१ तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ६४ जना जिल्ला कमिटी सदस्यमा अटाएका छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनहरुमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । 

सरकारको नीति तथा कार्यक्रमहरुको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी सदस्य सरस्वती नेपालीले बताउनुभयो । जिल्ला सदस्यहरुको शपथसँगै नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बैतडीले पूर्णता पाएको छ । 

यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट सुरेन्द्र पाल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट प्रेमप्रकाश भट्टले जिम्मेवारी पाउनुभएको थियो । बैतडीमा छ स्थानीय तहमा तत्कालीन नेकपा (एमाले)ले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेतृत्व पाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!