सुदूरपश्चिममा भारि वर्षाको सम्भावना सतर्क रहन आग्रह

Posted on: 24 Jun, 2019

असार ९, काठमाडौँ | सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ।

 जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमानको सूचना जारी गर्दै सुदूरपश्चिमको चुरे र तराईबाट बहने साना नदी जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा भई  स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको हो।

 महाशाखाले जारी गरेको पूर्वानुमान सम्बन्धी सूचनामा आज विषेशगरी पूर्व र मध्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै प्रदेश नम्बर ३ र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!