मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका वडा अध्यक्ष भट्टका परिवारलाई १० लाख

Posted on: 25 Jun, 2019

कृष्ण बिष्ट | असार १०, बैतडी | मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवम नगर प्रबक्ता गौतम प्रशाद भट्टका परिवारलाई नगरपालिकाले १० लाख आर्थीक सहयोग दिइने भएको छ । पुर्चौडी नगरपालिकाको मंगलबारको बैठकमा सोक प्रस्तावित पारीत गर्दै स्वर्गीय भट्टको परीवारलाई १० लाख दिने निर्णय गरिएको नगरपलिकाले जनाएको छ । 

यसैगरी स्वर्गीय भट्टका छोरा/छोरीलाई अध्यान  खर्च पनि प्रदान गरिने जनाइएको छ । प्रत्येक वडा अध्यक्षको एक एक महिनाको पारीश्रमिक र पुर्चाैडी नगरपालिकामा कार्यकरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरी फन्ट तयार गरि अध्यान खर्च उपलब्ध गराउने निर्णय भएको पनि उपप्रमुख जानकी बलमे बताउनुभयो । वडा नं ४ को कार्यालयको अध्यक्षको जिम्मेवारी पनि वडा सदस्य लाल बहादुर धानुकलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको उहाले बताउनुभयो । 

नगरपालिकाको प्रबक्ताको जिम्मेवारी वडा नं ३ का वडा अध्यक्ष दल बहादुर धामीलाई जिम्मेवारी दिइएको छ र समाजिक बिकास समितिमा वडा नं ६ का  वडा अध्यक्ष जगि सवादलाई जिम्मेवारी दिएको छ । 

जेठ २९ गते बुधबार  वडा कार्यालयबाट घर जादै गर्दा मोटरसाइकल दुर्घटना हुदा गम्बीर घाइते हुनुभएको भट्टको उपचारका क्रममा असरा ५ गते कोहलपुर अस्पतालमा निधन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!