बैतडीमा ट्रक दुर्घटना हुदा ५ जाना घाइते, २ वर्षीय बालक गम्भीर

Posted on: 14 Jul, 2019

कृष्ण बिष्ट | असार २९, बैतडी | बैतडीमा सनिबार ट्रक दुर्घटना हुदा ५ जाना घाइते भएका छन । धनगडीबाट दार्चुला तर्फ जादै गरेको ना ४ ख ५६८३ नम्बरको माल बहाक ट्रक बैतडीको दोगडा केदार गाउपालिका वडा ५ मौरे खोलामा दुर्घटना हुदा दुइ वर्षीय बालक ५ जाना घाइते भएका हुन । 

घाइते हुनेमा चालक पाटन नगरपालिका ९ का अन्ताजी ४३ वर्षीय राजेन्द्र महरा, पाटन ६ का अन्ताजी ५५ वर्षीय राम सिह केसी, डिलासैनि गाउपालिका पंसेराका २८ वर्षीय धन सिह वड, उनकै श्रीमती २१ वर्षीय पार्वती वोड र छोरा २ वर्षीय बालक रोहीत ओड रहेका छन । २ वर्षीय बालक रोहितको अवस्था गम्बीर रहेको पनि प्रहरीले जनाएको छ । 

सनिबार दिउसो करीब ३:३० बजे दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दिपक पातलीले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको उहाले बताउनुभयो । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!