बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु

Posted on: 18 Jul, 2019

कृष्ण बिष्ट | साउन २,  बैतडी | बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा निधन भएको  छ । सुर्नया गाउपालिका वडा १ का वडा अध्यक्ष कलस बहादुर चन्दको मोटरसाईकल दुर्घटनामा परि निधन भएको  हो  ।

सतबाझ बाट खोचलेक तर्फ जादै गरेको  वडा अध्यक्ष चन्दले चलाएको से १ प १११४ नं को मोटरसाइकल र  बिपरीत दिसाबाट आइरहेको म २ प ६६३३ नं को मोटरसाइकल सुर्नया गाउँपालिकाको सिनकेलेकमा एक आपसमा ठोक्किदा चन्द घाइतेभएका थिए । 

उपचारकालागि प्राथमिक स्वास्थयकेनद्र पाटनमा ल्याउदै गर्दा बाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक  डिल्ली नारायण पाण्डेयले जानकारी दिनुुभयो । ठक्कर दिने मोटरसाइकल चालक चन्द्र सिह ऐरी प्रहरीको नियन्त्रणमा रहेको उपरिक्षक  पाण्डेयले बताउनुभयो  । वडा अध्यक्ष चन्दको टाउकोमा गम्भीर चोट लागेकाक कारण ज्यानगएको  हो ।  

निर्माण व्यवसायि संघ बैतडीका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेको  वडा अध्यक्ष चन्दको घरमा श्रीमति एउटा छोर ,एउटा छोरि छन ।

सुर्नया गाउँपालिका वडा नं १ को  दह घरभएका कलश बहादुर  चन्द २०७४ सालको  स्थानिय  निर्वाचनमा वडा अध्यक्षमा निर्वाचिभएका थिए । अहिले  सुर्नया गाउँपालिका शोकमा डुवेको  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!