सुदूरपश्चिम प्रदेशवासिको महान चार्ड गौरा पर्व सुरु, कुन-कुन दिन कसरी कसरी मनाइन्छ ?

Posted on: 20 Aug, 2019

कृष्ण बिष्ट | भाद्र ३, बैतडी | सुदूरपश्चिम प्रदेशवासिको महान पर्व गौरा आज देखि सुरु भएको छ । आज  पञ्चमीका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौँ भिजाएर राख्दछन जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । 

गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरेको कैलाली गाउँकी पवित्रा बिष्टले बताइन् । महादेव पर्व पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झनागर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइने गरेको स्थानिय पण्डीत गंगादत्त अवस्थीले जानकारी दिनुभयो । 


कुन कुन दिन कसरी मनाउछन गौरा पर्वः


पहिलो दिन पञ्चमि तिथिः भाद्र सुक्ल पक्षको पञ्चमी तिथि देखिनै गौरा पर्व प्रारम्भ भएको हो । सुदूरपश्चिम प्रदेशको सबैभन्दा महत्वपुर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमिको दिन तामाको भाडामा गहुत, मास, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ । 

सुर्य सष्टीः पञ्चमिको दाश्रो दिन सुर्य सष्टी पर्दछ । त्यस दिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानिको न्वाला (पधेरी)मा लगेर फाग गाउदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाँउमा देव घरमा राख्ने चलन रहेको छ । 

सप्तमि तिथिः गोरा पर्वको तेश्रो दिन  सप्तमी तिथि पर्दछ । सप्तमीको दि साझँको समयमा दिनभरि उपासना बसेका महिलाहरु नुहाइधुवाइ गरि देव घरमा जम्मा हुने गर्दछन । यस दिन देवघरमा पबित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरि कलस स्थापन गरिन्छ । जसलाई स्थानिय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ । यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मुर्ति बनाइन्छ त्यो मुर्तिलाई गौरा देविको संज्ञा दिइन्छ । गौरा सँगसँगै एउटा काठको मुर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौरोको र महेश्वरको मुर्तिमा बिवाहित महिलाहरुले घाँटीमा लगाउने पहेलो र रातो रङ्को दुवधागो झुन्ड्याइएको हुन्छ । सोहि दिन साँझ सबै महिलाहरु पुजा आज गरी अस्टमि अर्थात भोलिको दिन गौरा पर्वको महत्वपुर्ण दिनको तयारी गर्छन । 

अष्टमी तिथि अर्थात अठेवालिः गौरा पर्वको महत्वपुर्ण दिन हो अस्टमी । यस दिन उपासना बसेका बिवाहित महिलाहरुले देवघरबाट गोरा निकालेर गोराखला (गोरा खेलाउने स्थल) मा लिएर जान्छन । महिलाहरु यस दिन समयमा गोरा देवि र महेश्वरको मुर्तिलाई पुजा आजा गरि अस्टमिको दिन गाइने अठेवालि गित गाउने गर्दछन । पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पुजाआजा गर्ने र देउडा खेल्ने गर्दछन । महिलाहरुले पुजाआजा सँगै अठेवालि गाइसकेपछि बिरुडाले श्रीमान, छोराछोरीको शिरमा चढाँउने गर्दछन ।  त्यसै दिन देखि गौरा पर्व एक हप्ता देखि १० दिन सम्म गौरा पर्व पुजा पाठ सँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।  

गौरारा सेलाउनेः ठाउँ अनुसार गौरा पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यस दिन बाजागाजाका साथ गौरा मुर्तिलाई जंगलको पवबित्र रुखमुनि पुजा आजा सहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!